Welcome, Guest. Please login or register.
February 09, 2012, 12:04:47 AM
807 Posts in 536 Topics by 23 Members
Latest Member: asmmmii
Iweb Nepal Private Limited:Nepal No1 Web designing Company,Web Design Nepal,Web Development Nepal,Web Hosting Nepal,Web Host Nepal,Domain Registration Nepal,Domain Hosting Nepal,Web Designing Nepal,Domain registration,Web Designing,Application Development,Application Customization, Web Hosting Company  |  General Category  |  News and Advertisement  |  Topic: Fight in Name of Prashant... 0 Members and 1 Guest are viewing this topic. « previous next »
Pages: [1]
Author Topic: Fight in Name of Prashant...  (Read 523 times)
sANDy_bOy
Guest
« Reply #1 on: May 03, 2009, 09:03:38 AM »

fake news ho ki sachikai ho
Logged
reason
Global Moderator
*****

http://www.nepalihost.com +71/-0
Offline Offline

Gender: Male
Posts: 134


WWW
« on: September 29, 2007, 01:21:21 AM »

सिलिगुडी -भारत, असोज ११ - इन्डियन आइडल प्रशान्त तामाङलाई अपशब्द प्रयोग गरिएको विरोधमा निकालिएको जुलुसमा नेपाली भाषी र गैरनेपाली समुदायबीच शुक्रबार यहा“ झडप भएको छ । झडपमा दुवै समुदायका एक सयभन्दा बढी घाइते भएका छन् ।
हिंसा भडकिन नदिन सिलिगुडीलगायत दार्जिलिङ पहाडभरि भारतीय दण्ड संहिताअनुसार अनिश्चितकालीन कफर््यु आदेश जारी गरिएको छ । स्थिति भडकिन नदिन सेना र अर्धसैनिक बल बोर्डर सेक्युरिटी फोर्सलगायतलाई सहरमा परिचालन गरिएको पश्चिम बंगालका सहरी विकासमन्त्री अशोक भट्टाचार्यले जानकारी दिए । 'हिंसा भडकिन नदिन सबै उपाय अवलम्बन गरेका छौं,' मन्त्री भट्टाचार्यले सञ्चारकर्मीहरूस“ग भने- 'संयमित हुन राज्य सरकारका तर्फाट सबै समुदायलाई आह्वान गर्दछौं ।'

दिल्लीबाट प्रसारण हुने रेडियो एफएमका कार्यक्रम सञ्चालक नितिन कुमारले इन्डियन आइडलका विजेता प्रशान्त तामाङलाई अपशब्द प्रयोग गरेको विरोधमा शुक्रबार यहा“ भारतीय गोर्खा परिसंघको सिलिगुडी शाखाको आयोजनामा मौन जुलुस निकालिएको थियो ।

स्थानीय नेपाली समुदाय सहभागी जुलुसमाथि गैरनेपाली समुदायले आक्रमण गरेको आरोप जुलुसमा सहभागीले लगाएका छन् । गैरनेपाली समुदायले जुलुसका सहभागीले आफूहरूमाथि आक्रमण गरेको दाबी गरेका छन् । सिलिगुडीका सवडिभिजन अधिकृत र दार्जिलिङका सहायक जिल्ला मजिस्ट्रेटलाई ज्ञापनपत्र बुझाउन जा“दै गरेको मौन जुलुसबीचबाट अस्पताल मोडमा जिल्ला अस्पतालतर्फएक एम्बुलेन्स प्रवेश गर्न खोजेपछि विवाद सुरु भएको थियो । दार्जिलिङ मोडबाट सुरु भएको हजारौंको जुलुस जिल्ला अदालत परिसरमा रहेको सवडिभिजन कार्यालयअघि प्रवेश गर्ने क्रममा यस्तो विवाद सुरु भएको थियो । विवाद र झडपकै बीच ज्ञापनपत्र बुझाइयो । ज्ञापनपत्रमा नितिनलाई उचित कानुनी कारबाहीको माग छ ।

गैरनेपाली समुदायले बिरामीलाई अस्पताल लान नदिएको भन्दै जुलुसमाथि आक्रमण गरेका थिए । आक्रोशित समूहले जुलुसमाथि लाठी र ढुंगा प्रहार गनर्ुर्ु साथै सडकमा रोकेर राखेका गाडी र मोटरसाइकल जलाएका थिए । सडक छेउका केही पसलहरूसमेत तोडफोड गरिएको

छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज, अश्रुग्यास र केही राउन्ड गोलीसमेत चलाएको थियो ।

घाइतेहरूको सिलिगुडीको सदर अस्पताल र नर्थ बंगाल मेडिकल कलेजमा उपचार भइरहेको छ । झडप नियन्त्रण क्रममा प्रहरीले चलाएको गोली लागी दर्ुर्ुइ जना सख्त घाइते भएका छन् ।




Logged
Pages: [1]
Iweb Nepal Private Limited:Nepal No1 Web designing Company,Web Design Nepal,Web Development Nepal,Web Hosting Nepal,Web Host Nepal,Domain Registration Nepal,Domain Hosting Nepal,Web Designing Nepal,Domain registration,Web Designing,Application Development,Application Customization, Web Hosting Company  |  General Category  |  News and Advertisement  |  Topic: Fight in Name of Prashant... « previous next »
    Jump to:  



    Share |